इटालियन अल्बर्टो एनेसलाई राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक बनाइने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ ।
एन्फाको बुधबार बसेको बैठकले अल्बर्टोलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
अल्बर्टो एनेस इटालियन व्यावसायिक फुटबल प्रशिक्षक र पूर्व खेलाडी हुन् । उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक हुन् ।
यसअघि कुवेतका अल्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षण थिए । उनले राजीनामा दिएपछि एन्फाले प्रदीप हुमागाइँ र प्रवेश कटुवाललाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
चैत ६ देखि १७ सम्म दशरथ रंगशालामा ‘प्रधानमन्त्री थ्री नेसन कप अन्तर्राष्ट्रय फुटबल प्रतियोगिता’ आयोजना गर्ने निर्णय पनि एन्फाले गरेको छ । प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागी हुनेछन् ।
प्रतिक्रिया