एकीकृत समाजवादी र जसपाको प्रस्तावः ‘किरात-लिम्बुवान-सगरमाथा’

विराटनगर । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रदेश १ को नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ नामकरणका लागि संयुक्त रूपमा प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक छन् भने स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक छन् ।

यसअघि आजै कांग्रेस र एमालेद्वारा प्रदेश १ को नाम ‘कोशी’ राख्न संसदमा प्रस्ताव दर्ता गरिएको छ ।

उक्त प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक छन् ।

प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका थिए ।

प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम नामकरण प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एकजना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *