नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले हरायो

काठमाडौं । आईसीसी विश्वककप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले हराएको छ ।
पीएनजीले दिएको २ सय ४ रनको लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटाएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए भने आसिफ शेखले ४४ र आसिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो ।
आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए ।बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १–१ विकेट लिए ।
प्रतिक्रिया