नेपालद्वारा हङकङ ९ विकेटले पराजित

काठमाडौं । आईसीसी यु–१९ आईसीसी विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो तेस्रो जित हो ।

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए ।

उत्तम रङ्गु थापा मगरले ३९ रन बनाए भने अर्जुन कुमाल १६ रन बनाएर आउट भए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले १ विकेट लिए ।

यसअघि यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १ सय २० रन बनाउँदा अलआउट भयो । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २–२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

अङ्क तालिकामा नेपाल र यूएईको समान ६ अङ्क भए पनि नेट रनरेटको आधारमा यूएई शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।

तेस्रो खेलमा २८ तारिख मंगलबार मलेसियाको सामना गर्ने नेपालले २ मार्च बुधबार घरेलु टोलीसॅंग खेल्नेछ ।

प्रतियोगितामा नेपाल, सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *