‘मौसमी कामदार’ का रुपमा विदेश पठाइदिने प्रलोभनमा नपर्न आग्रह

काठमाडौं । ‘मौसमी कामदार’ को रुपमा विदेश पठाइदिने भनेर ठगी हुने क्रम बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

वैदेशिक रोजगार विभागले दक्षिण कोरियालगायत कुनै पनि देशमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न आग्रह गरेको छ ।

विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर विदेश पठाउने भन्दै ठगी गर्ने क्रम बढेको भन्दै त्यस्ता सूचनाको विश्वास नगर्न पनि विभागले भनेको छ ।

‘मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९’ को दफा ४ अनुसार मौसमी कामदारमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ।

कानुनमा त्यस्तो भनिए पनि मौसमी कामदारको प्रलोभन देखाइ पैसा असुलेर ठग्ने क्रम बढेको विभागले जनाएको छ ।

निर्देशिका अनुसार नेपालबाट मौसमी कामदार लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएको पनि विभागले उल्लेख गरेको छ ।

कसैले मौसमी कामदारमा पठाइदिने भन्दै पैसा मागेमा सम्बन्धित पालिकामा, विभागमा वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोन गरेर बुझ्न पनि विभागले सूचित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *