राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङको उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

एमालेको शनिबार बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्तापछि नेम्वाङले आफू सबैको तर्फबाट राष्ट्रपतिका उम्मेदवारका रूपमा अघि सरेको बताए । राष्ट्रपतिको दायित्व र जिम्मेवारी संविधानअनुसार पुरा गर्ने उनले जनाए ।

त्यस अवसरका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई पार्टी र समग्र नेपाली जनताका तर्फबाट उम्मेदवार बनाइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *