अस्ट्रेलियामा विदेशी विद्यार्थीले पूरा समय काम गर्न नपाउने

काठमाडौं । अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई दिँदै आएको काम गर्न पाउने नियम परिवर्तन गरेको छ । त्यहाँको शिक्षा विभागले सूचना जारी गर्दै कोभिडका कारण दिइएको पूरा समय काम गर्ने अधिकार आगामी जुन ३० बाट बन्द हुने जनाएको छ ।

अस्ट्रेलियाले कोभिडका कारण कामदारको चर्को अभाव भएसँगै गत वर्षदेखि विदेशी विद्यार्थीलाई लगाइएको काम गर्न पाइने समयसीमा हटाएको थियो ।

त्यस बेला दुई सातामा ४० घण्टामात्र काम गरिरहेका विद्यार्थीलाई पूरा समय काम गर्न पाउने अधिकार दिइएको थियो । जुनको अन्तिमदेखि भने त्यस्तो सुविधा विदेशी विद्यार्थीले नपाउने भएका छन् ।

पूरा समय काम गर्न नपाउने भए पनि विदार्थीलाई काम गर्न पाउने समय सातामा ४ घण्टाले बढाएको त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जुलाइदेखि निश्चित मापदण्ड पूरा गरेका विदेशी विद्यार्थीले दुई सातामा ४८ घण्टा काम गर्न पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *