ग्यास सिलिन्डर विष्फोट हुँदा ८ जना घाइते

सुनसरी । धरानमा ग्यास सिलिन्डर विष्फोट हुँदा ८ जना घाइते भएका छन् । धरान १७ को आदर्श चोक निवासी सबिता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट भएको प्हरीले जनाएको छ ।

धरान १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार घटनामा ८ जना घाइते भएका छन् ।

कोसी ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा सोमबार दिउँसो ग्यास चुहावट भएको थाहा पाएपछि मर्मत गर्न प्राविधिक बोलाइएको थियो ।

मर्मत गर्ने क्रममा ग्यास सिलिन्डर विष्फोट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए । घाइतेमध्ये ४ जना सिकिस्त रहेको जनाइएको छ ।

घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सबिता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का छन् ।

घाइते सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *