विदेशी दक्ष जनशक्ति भित्र्याउन जापानको भिसामा सहुलियत

काठमाडौं । जापानले विशेष क्षमता भएका विदेशी दक्ष जनशक्तिलाई सहज रुपमा भिसा दिने भएको छ । त्यस्ता जनशक्तिका लागि भिसा प्रक्रियामा सरलपना ल्याइने भएको हो ।
यसले गर्दा विदेशी दक्ष जनशक्तिलाई जापानमा रोजगारी खोज्न सहज हुनेछ ।
जापानी सञ्चार माध्यमहरुका अनुसार ‘उन्नत व्यापार र व्यवस्थापन गतिविधि’ मा आवेदन गर्नेहरूका लागि ५ वर्ष वा त्यसभन्दा बढीको रोजगारी रेकर्ड र वार्षिक ४० मिलियन येन आम्दानी भएमा जापानले ५ वर्षको भिसा दिनेछ।
जापानको अध्यागमन सेवा एजेन्सीद्वारा तोकिएको विश्व वरीयता सूचीमा शीर्ष सयमा परेका विश्वविद्यालयबाट स्नातक गरेका विदेशीलाई ‘निर्दिष्ट गतिविधि’ भिसा दिइनेछ। उक्त भिसाका कारण रोजगारीमा रहेर दुई वर्षसम्म बस्न सकिने जनाइएको छ ।
प्रतिक्रिया