अनेरास्ववियु अध्यक्षमा समिक बडाल

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट उनी नेतृत्वमा निर्वाचित भएका हुन् ।

बडालले ९ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन् । सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

विद्युतीय मेसिनबाट भएको निर्वाचनमा १ हजार ५ सय १७ मत खसेको थियो ।

महाधिवेशनबाट आउँदाे दुई वर्षका लागि १७ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *