अनेरास्ववियुको नेतृत्व चयन गर्न आज निर्वाचन

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नेतृत्व चयनका लागि आज बिहीबार निर्वाचन हुँदै छ ।

बिहान ८ बजेदेखि मतदानका लागि तयारी सुरु गरिएको छ ।

अनेरास्ववियुको अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका हुन् ।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट १९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ ।

मंगलबार सुरु भएको महाधिवेशन नेतृत्व चयनसँगै आजै सम्पन्न हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *