मास्टर सेफ सन्तोष साहले अस्ट्रेलियनलाई नेपाली परिकार चखाउने

काठमाडौं । मास्टर सेफ सन्तोष साहले अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद र परिकारहरू चखाउने भएका छन् ।

मे ३ देखि ७ सम्म अस्ट्रेलियाको नमस्ते रेस्टुरेन्टमा आयोजना हुने नेपाली खानाको प्रवर्द्धन कार्यक्रमका क्रममा उनले नेपाली परिकार स्थानीयलाई खुवाउने भएका हुन् ।

नेपाली खाना प्रवर्द्धनका लागि अस्ट्रेलियामा भएको अस्ट्रेलियन प्यासिफिक इनटरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी मैतीदेवीको संयोजकत्वमा कार्यक्रम हुने भएको हो ।

नेपाली खानालाई विश्वभर चिनाउन सक्रिय मास्टर सेफ साहले आफ्नै मेनुमा अस्ट्रेलियनलाई नेपाली खानाको स्वाद चखाउने छन् ।

नेपाली मेनुमा २० प्रकारका खानाको परिकार र नेपाली एला पनि समावेश हुनेछ । कार्यक्रमको टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *