प्रज्ञा प्रतिष्ठानको कुलपतिमा राई, उपकुलपतिमा निभा

काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा भूपाल राईको नाम सिफारिस भएको छ । प्रतिष्ठानको उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) लाई सिफारिस गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन २०६४ अनुसार ११ सदस्यीय पदाधिकारीहरूको नाम बुधबार सिफारिस गरेको हो ।
प्रतिष्ठानका सदस्यमा सिफारिस गरिएकाहरुमा अमर न्यौपाने, मधुसुदन गिरी, कृष्णराज अधिकारी, राजन मुकारुङ, बाबा बस्नेत, कौशिला रिसाल, हंसावती कुर्मी, त्रैलोक्यमान बनेपाली र धनप्रसाद सुवेदी छन् ।
सिफारिस गरिएका पदाधिकारीहरूलाई प्रधानमन्त्रीले नियुक्त गरेपछि उनीहरूको शपथग्रहण बिहीबार हुनेछ ।
प्रतिक्रिया