‘जनयुद्ध दिवस’ मा बिदा दिने निर्णयप्रति राप्रपा असन्तुष्ट

काठमाडौं । सरकारले माओवादी ‘जनयुद्ध’ को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने एजेण्डा ल्याएकामा असन्तुष्टि जनाउँदै राप्रपाका मन्त्रीहरुले बैठक बहिष्कार गरेका छन् ।

संयुक्त सरकारमा सहभागी हुनुअघि राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । त्यस अनुसार सरकारले पुस २७ मा सार्वजनिक बिदा दिएको थियो ।

फागुन १ मा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयमा भने राप्रपाले असहमति जनाएको छ ।

मन्त्रिपरिषद् बैठक राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङदेन र मन्त्रीहरु विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानले बहिष्कार गरेका हुन् ।

राप्रपाका मन्त्रीहरुको उपस्थितिबिनै बसेको मत्रिपरिषद बैठकले फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयको आलोचना भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा बोल्दै बिदाहरु धेरै भएको बताएका थिए ।

उनकै नेतृत्वमा रहेको सरकारले फेरि बिदा थप गरेकामा आलोचना भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *