३५ किलो चरेससहित चारजना थाइ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागूऔषध चरेससहित चारजना थाइ नागरिक पक्राउ परेका छन् ।
थाइ एयरमार्फत् बैंकक जान लागेका उनीहरु झोला जाँच गर्ने क्रममा चरेस पाइएपछि पक्राउ परेका हुन् ।
उनीहरूले सुटकेसमा फल्स बटन बनाएर चरेस लुकाइ लैजान लागेको पाइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए ।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा लिएको अध्यागमन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया