म र मेरो लक्ष्य

म र मेरो लक्ष्य
एउटै होलान् जस्तो लाग्थ्यो,
मभित्र अनेकौं म रहेछन्
लक्ष्यभित्र अनेकौं लक्ष्य रहेछन् ।
म,
परिवार,
समाज,
राष्ट्र
जुन जुन परिवेशमा म उभिएको हुन्छु,
त्यही अनुरूप आफुलाई
फरक फरक पाउँछु ।
गजब त त्यहाँ लाग्छ,
म निस्वार्थ उभिँदा, म मात्रै म हुन्छु
त्यहाँ कुनै बन्धन हुँदैन,
म स्वार्थी भएर उभिँदा
मभित्र अनैकौं म हुन्छन्,
अदृश्य तर अटुट बन्धन हुन्छ ।
मैले आफू भित्रको मलाई बिर्सेर
आफ्नो लक्ष्य पूरा गर्नु छ,
म, म मात्र होइन
मेरो परिवेशमा रहेका
सबैलाई सँगै लिएर
यो यात्रा पूरा गर्नु छ ।
मैले अरुलाई चिन्नु छ,
मैले अरुको मन जित्नु छ,
र अरुलाई चिन्नुभन्दा पहिले
मैले आफूलाई चिन्नु छ,
अरुलाई जित्नुभन्दा पहिले
मैले आफूलाई जित्नु छ,
आफू भित्रको मलाई जित्नु छ ।
आफू भित्रको मलाई
चिनेपछि, बुझेपछि
मेरा लक्ष्यहरु क्रमशः
पूरा हुँदै जानेछन् ।
-इटहरी, सुनसरी
Dherai Ramro Dai.
जीवन सान्दर्भिक । राम्राे,लाग्याे। आउने दिनहरुमा यस्तै विधाहरु प्रफुष्टित हाेउन ।
जीवन सान्दर्भिक । राम्राे,लाग्याे। आउने दिनहरुमा यस्तै विधाहरु प्रफुष्टित हाेउन ।