म र मेरो लक्ष्य

म र मेरो लक्ष्य
एउटै होलान् जस्तो लाग्थ्यो,
मभित्र अनेकौं म रहेछन्
लक्ष्यभित्र अनेकौं लक्ष्य रहेछन् ।

म,
परिवार,
समाज,
राष्ट्र
जुन जुन परिवेशमा म उभिएको हुन्छु,
त्यही अनुरूप आफुलाई
फरक फरक पाउँछु ।

गजब त त्यहाँ लाग्छ,
म निस्वार्थ उभिँदा, म मात्रै म हुन्छु
त्यहाँ कुनै बन्धन हुँदैन,
म स्वार्थी भएर उभिँदा
मभित्र अनैकौं म हुन्छन्,
अदृश्य तर अटुट बन्धन हुन्छ ।

मैले आफू भित्रको मलाई बिर्सेर
आफ्नो लक्ष्य पूरा गर्नु छ,
म, म मात्र होइन
मेरो परिवेशमा रहेका
सबैलाई सँगै लिएर
यो यात्रा पूरा गर्नु छ ।

मैले अरुलाई चिन्नु छ,
मैले अरुको मन जित्नु छ,
र अरुलाई चिन्नुभन्दा पहिले
मैले आफूलाई चिन्नु छ,
अरुलाई जित्नुभन्दा पहिले
मैले आफूलाई जित्नु छ,
आफू भित्रको मलाई जित्नु छ ।

आफू भित्रको मलाई
चिनेपछि, बुझेपछि
मेरा लक्ष्यहरु क्रमशः
पूरा हुँदै जानेछन् ।

-इटहरी, सुनसरी


प्रतिक्रिया

3 thoughts on “म र मेरो लक्ष्य

  1. जीवन सान्दर्भिक । राम्राे,लाग्याे। आउने दिनहरुमा यस्तै विधाहरु प्रफुष्टित हाेउन ।

  2. जीवन सान्दर्भिक । राम्राे,लाग्याे। आउने दिनहरुमा यस्तै विधाहरु प्रफुष्टित हाेउन ।

Leave a Reply to Sanjay Chaudhary Cancel reply

Your email address will not be published. Required fields are marked *