यतीको विमान दुर्घटनाको अनुसन्धानमा क्यानाडाले सघाउने

काठमाडौं । क्यानाडाको ‘ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड’ (टीएसबी) ले नेपालमा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनाको अनुसन्धानमा सघाउने भएको छ ।
पोखरामा तीन दशकयताकै सबैभन्दा ठूलो हवाई दुर्घटना हुँदा ७२ जना यात्रुको मृत्यु भएको थियो ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको एटिआर-७२ विमान आइतबार दुर्घटनामा परेको हो ।
उक्त विमानको इन्जिनका केही पार्टपुर्जा क्यानाडामा डिजाइन र निर्माण गरिएको थियो ।
विमानको इन्जिन Pratt & Whitney Canada RTX.N ले निर्माण गरेको क्यानाडाका सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
दुर्घटनाको अनुसन्धानमा कस्तो भूमिका रहने भन्ने यकिन हुन बाँकी रहेको जनाइएको छ ।
रेल, समुद्री र हवाईजहाज दुर्घटनाहरुको अनुसन्धान गर्ने टीएसबीका प्रवक्ताले समन्वयमा अनुसन्धानको काममा सहयोग गर्ने निधो गरिने बताएका छन् ।
प्रतिक्रिया