यति एयर दुर्घटना: ‘पाइलटले अवतरणको अनुमति लिइसकेका थिए’

काठमाडौं। पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार यात्रुहरुका शव उद्धार कार्य भैरहेको छ। काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको थियो।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए। उनका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो।

कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको बताए।

विमान दुर्घटनाः ३२ जनाको शव निकालियो

पोखरामा आज विहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ। सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालन भइरहेको र विमानमा लागेको आगो पनि निभाउने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।

यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो। प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए। जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए।

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए।

“मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, उनले भने, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।”

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

सभापति देउवाले दुर्घटनाको तत्कालै प्रभावकारीरुपमा उद्धार गर्न सरकारसँग आग्रह गर्दै उद्धारमा खटिन कांग्रेसका स्थानीय कार्यकर्तालाई निर्देशन दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *