नेपाल र स्कटल्याण्डको खेल आज राति
काठमाडौँ । नेपालले आज आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्दैछ ।
तीन खेलमा १ मा जित र २ मा पराजित भएको नेपालले आज राति १० बजेर १५ मिनेटमा स्कटल्याण्डसँग खेल्न लागेको हो ।
नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।
स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको जित निकालेको थियो ।
प्रतिक्रिया
