नेपाल र स्कटल्याण्डको खेल आज राति

काठमाडौँ ।  नेपालले आज आइसिसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डसँग खेल्दैछ ।

तीन खेलमा १ मा जित र २ मा पराजित भएको नेपालले आज राति १० बजेर १५ मिनेटमा स्कटल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

स्कटल्याण्डमाथि भने नेपालले पाँच विकेटको जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *