कहाँबाट आयो धनकुटाको तमोर नदी किनार दुईजना महिलाको शव ?
धनकुटा । तमोर नदीले बगाएर ल्याएको दुईवटा शव फेला परेको छ । आइतबार बिहान फेला परेका दुवै शव महिलाको हो । उनीहरुको पहिचान खुलेको छैन ।
धनकुटा नगरपालिका–९ र साँगुरीगढी गाउँपालिका–७ को सीमास्थित लेउती खोला र तमोर नदीको दोभानमा एकजना महिलाको शव फेला परेको थियो । धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीका अनुसार बालुवाले पुरिएको अवस्थामा शव भेटिएको हो ।
शव कहाँबाट बगेर आएको हो र कसको हो भन्नेबारे अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्याइएको छ ।
यसैगरी, चौबीसे गाउँपालिका–४ स्थित फलामेटारपारि तमोर नदीको किनारमा अर्को शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । घटनास्थलतर्फ टोली पठाएर बुझ्ने काम भइरहेको एसपी चौधरीले जानकारी दिए ।
प्रतिक्रिया
