कहाँबाट आयो धनकुटाको तमोर नदी किनार दुईजना महिलाको शव ?

धनकुटा । तमोर नदीले बगाएर ल्याएको दुईवटा शव फेला परेको छ । आइतबार बिहान फेला परेका दुवै शव महिलाको हो । उनीहरुको पहिचान खुलेको छैन ।

धनकुटा नगरपालिका–९साँगुरीगढी गाउँपालिका–७ को सीमास्थित लेउती खोला र तमोर नदीको दोभानमा एकजना महिलाको शव फेला परेको थियो । धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीका अनुसार बालुवाले पुरिएको अवस्थामा शव भेटिएको हो ।

शव कहाँबाट बगेर आएको हो र कसको हो भन्नेबारे अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ ।

यसैगरी, चौबीसे गाउँपालिका–४ स्थित फलामेटारपारि तमोर नदीको किनारमा  अर्को शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । घटनास्थलतर्फ टोली पठाएर बुझ्ने काम भइरहेको एसपी चौधरीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *