नेपाल थ्री नेसन्स कपको फाइनलमा

काठमाडौं । नेपाल ‘प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ । काठमाडौंस्थित दशरथ रङ्गशालामा भएको लिग चरणको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपाल पहिलो हाफमा १–० गोलले पछि परेको थियो । पुनरागमन गर्दै नेपालले खेल १–१ को बराबरीमा ल्याएको थियो ।

नेपालका लागि दीपकराजसिंह ठकुरीले खेलको अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । भुटानका लागि खेलको १९औँ मिनेटमा तेन्जिन नोर्बुले गोल गरे ।

योसँगै नेपालले भुटानसँगको खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। नेपालको भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भएका सबै १२ खेल नेपालले जितेको थियो ।

नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ । नेपाल ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

लाओस ३ अङ्कसहित दोस्रो स्थानमा छ । १ अङ्क जोडेको भुटान समूह चरणबाट बाहिरिएको छ ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *