दुई खेलमा विजयी हुँदै मोरङ र सिरहा फाइनलमा

विराटनगर । मोरङ र सिरहा ‘इक्वालिटी कप महिला क्रिकेट २०२३झ् प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा बिहीबा भएको पहिलो खेलमा कोशी प्रदेशको मोरङले मेदेश प्रदेशको सप्तरीलाई ५४ रन अन्तरले पराजित गरप् लगातार २ खेल जित्दै फाइनलको यात्रा तय गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको मारेङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रनको स्कोर बनाएको थियो । मोरङकी सोनु राजवंशीले ४२ रन बनाउँदा टिका साहले २० रनको योगदान दिइन् । सप्तरीकी दिपिका सिंंहले ३ विकेट लिँदा सुस्मिता यादवले २ विकेट लिइन् ।

१ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १७ दशमलव ४ बलमा ६४ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् ।

मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा टिका साह, बन्दना राजवंशी र सृजना राजवंशी २–२ विकेट लिइन् । खेलको वुमेन अफ द म्याच मोरङकी अलराउण्डर खेलाडी टिका साह घोषित भइन् ।

दोस्रो खेलमा सिरहाले एमसीसी–११ लाई ६ विकेटले पराजित गर्दै लगातार २ खेलमा विजयी भएर फाइनल यात्रा तय गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसी–११ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ९ रनको स्कोर बनाएको थियो । एमसीसीकी चान्दनी यादवले २१ रन बनाउँदा मनिषा मल्लिकले १६ रन र रश्मी साहले नटआउट १४ रन बनाइन् ।

सिरहाकी अर्चना महतोले २ विकेट लिँदा चन्द्रीका साहले पनि २ विकेट लिइन् ।

१ सय १० रनको लक्ष्य पछ्याएको सिरहाले १५ दशमलव ३ बलमा ४ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो । सिरहाकी वुमा अफ म्याच अर्चना महतोले ३२ रन बनाउँदा प्रसिद्धिका खडकाले नटआउट १९ रन बनाइन् । एमसीसीकी रचना चौधरीले २ विकेट लिइन् ।

मोरङ २ खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ । सिरहा २ खेलमा जित हात पार्दै दोस्रो स्थानमा छ ।

शुक्रबार लिगको अन्तिम दिन पहिलो खेल मोरङ र सिरहा तथा दोस्रो खेल सप्तरी र एमसीसी–११ बीच हुने छ ।

फागुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहासहित ४ टिम सहभागी रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा टप दुई टिम फाइनलमा पुग्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *