सत्यनारायण र सरस्वती स्कूल फाइनलमा

विराटनगर । सत्यनारायण र सरस्वती स्कूल विराटनगरमा जारी अन्तर स्कूल हब लिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा विजयी हुँदै दुवै टिमले फाइनलमा स्थान पक्का गरेका हुन् ।

प्रतियोगिताको फाइनल खेल बिहिवार हुने छ ।

पहिलो सेमिफाइनल खेलमा सत्यनारायण स्कूलले राइजिङ नेपाल स्कूललाई १ सय ११ रनको विशाल रन अन्तरले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ५६ रनको विशाल स्कोर खडा गरेको थियो । म्यान अफ म्याच आकाश यादवले ५२ रन जोड्दा दिपक यादवले ३० रन र महमद हरुनले २६ रन जोडे । राइजिङका महमद साहिलले ३ विकेट लिँदा राहुल राँय र अरमान अन्सारीले समान २–२ विकेट लिए ।

१ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको राइजिङले १५ दशमलव १ बलमा सवै विकेट गुमाउँदै ४५ रनमा सिमित भयो । जस्मा महमद फरहानले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका कृष्ण यादन र सोनु सिंहले ३–३ विकेट तथा अयर यादव र रुपेश सोनीले २–२ विकेट लिए ।

बुधबारै भएको अन्तिम सेमिफाइनल खेलमा सरस्वती स्कूल बुढानीलकण्ठ स्कलले ८० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित ३० ओभरमा ८ विकेट गुमाई १ सय ९५ रनको विशाल स्कोर खडा गरेको थियो । म्यान अफ म्याच रामनारायण यादवले ५० रन, राकेश खडकाले ४७ रन र शिवनन्दन यादवले २१ रन बनाए । बुढानीलकण्ठका कादिर शेखले ३ वकेट लिँदा विकाश मण्डले २ विकेट लिए ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको बुढानिलकण्ठले २५ ओभरमा सवै विकेट गुमाई १ सय १५ रनमा सीमित भयो । बुढानिलकण्ठका अनभ भट्टराईले सर्वाधिक ५७ रनको योगदान दिए । सरस्वतीका सुमन यादवले ३ विके, रामनारायण यादव र शिवनन्दन यादवले २–२ लिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजी, सामुदायिक स्कूल सहभागी रहेको आयोजक नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *