सडकबाट खस्यो बोलेरो, चालकसहित ७ जना घाइते

इलाम । इलाम नगरपालिका-८ स्थित बज्रदेवी क्षेत्रमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार दिउँसो करिब १ बजे दुर्घटना भएको हो।

झापाबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-००१ ज ४१३२ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई करिब ६० फिट तल खसेर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा झापाको कन्काई नगरपालिका-९ का ४० वर्षीय नाजु आलम, सोही स्थानका ४७ वर्षीय गोपाल प्रसाद दुलाल, धरान-१० की ३६ वर्षीया रिता चेम्जोङ, गाडी चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ का ३३ वर्षीय रमेश चेम्जोङ, दमक–७ का २२ वर्षीय रोहिन लावती, धरान-१० का ७३ वर्षीय महेश कुमार राई, तथा उनका ३४ वर्षीय छोरा मनकुमार राई छन्।

प्रहरीका अनुसार सबै घाइते उपचाररत छन् भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *