नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौँ । काठमाडौँमा सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रन बनाउँदै सबै विकेट गुमाएको थियो।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन र सम्झना खड्काले २६ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। थाइल्यान्डकी थिपात्चा पुथावङ्ले ४ विकेट लिइन्। १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो।
थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिएकी हुन्। अब नेपालले दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ।
प्रतिक्रिया
