नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौँ । काठमाडौँमा सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रन बनाउँदै सबै विकेट गुमाएको थियो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन र सम्झना खड्काले २६ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। थाइल्यान्डकी थिपात्चा पुथावङ्ले ४ विकेट लिइन्। १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन्। नेपालका लागि दुवै विकेट सीता रानामगरले लिएकी हुन्। अब नेपालले दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *