अस्मिताको साथमा नरेशले ल्याए ‘यही त हो माया’

काठमाडौं। गायक नरेश ढुंगाना र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘यही त हो माया’ सार्वजनिक भएको छ। गीतको म्युजिक भिडियो पनि बनाइएको छ।

युवा कलाकार सनिषा भट्टराई, पुष्कर कार्की, चिराग पनेरु र अपिल कार्कीको अभिनय रहेको नयाँ नेपाली गीत ‘यही त हो माया’ को म्युजिक भिडियो सार्वजनिक भएको हो।

प्लानेट३ फिल्मसको प्रस्तुतिमा रहेको यो भिडियोले दर्शकहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीतको भावपूर्ण शब्द अर्जुन सुवेदीले लेखेका हुन् भने संगीतमा प्रशान्त सिवाकोटीले न्याय दिएका छन्।

संगीतको मिश्रण र निर्माण विषम आचार्यले गरेका छन्। गीतमा बाँसुरी रत्न बि.के. र गितारमा सञ्जीव बराइलीले काम गरेका छन्।

‘यही त हो माया’ को भिडियोमा मुख्य कलाकारको रूपमा सनिषा भट्टराई, पुष्कर कार्की, चिराग पनेरु र अपिल कार्की देखिएका छन्। रोमान्टिक शैलीमा तयार पारिएको यस भिडियोलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन्।

निर्माताहरू रोजित त्रिताल र स्नेहा सापकोटा रहेको यस प्रोजेक्टमा राम कुमार केसीले सिनेमेटोग्राफी सम्हालेका छन्। कलाकारको केश सज्जा र श्रृंगार माही सिंहले गरेकी छिन्। भिडियोको नृत्य निर्देशन शिशिर खातीले गरेका छन्।

कोट डाँडा रिसोर्टको रमणीय स्थानमा छायाङ्कन गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन, कलर करेक्सन र पोस्टर डिजाइन गरेका छन्।

‘यही त हो माया’ ले अहिलेका युवा पुस्ताको प्रेम भावलाई समेटेको र यसको आकर्षक प्रस्तुतिले गर्दा छोटो समयमै दर्शकमाझ लोकप्रिय हुने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।

यसअघि नरेशले दशैँको बेलामा गीत दर्शक-स्रोतामाझ ल्याएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *