पर्वको अवसरमा नरेश ढुंगानाको पहिलो कोसेली : ‘दसैँको बेलामा’

विराटनगर । अमेरिकामा रहेका भक्तपुर निवासी कलाकार नरेश ढुंगानाले दर्शक–स्रोताका लागि दसैँको कोसेलीस्वरुप आफ्नो पहिलो गीत ‘दसैँको बेलामा’ ल्याएका छन् ।

‘एकतारे’ को रचना रहेको उक्त गीतमा कल्याण सिंहले संगीत भरेका छन् । गीतको म्युजिक भिडियो पनि तयार पारेर सार्वजनिक गरिएको छ । म्युजिक भिडियोको प्रोड्युसर स्नेहा सापकोटा हुन् भने निर्देशनको जिम्मेवारी सन्तोष दाहालले निर्वाह गरेका छन् ।

सिनेमाटोग्राफर केन कन्रोडको छायांकनमा बनेको गीतमा दृष्टि पुजारी, आरम्भ काफ्ले, आशुतोष यादव, इबानाथ दंगाल (रामजी), खेमकुमारी दंगाल (मिठ्ठु), स्नेहा सापकोटा, आयुष रिमालको अभिनय छ ।

यसैगरी, रोजी सिंखडा, सुबिना थापा, अनुजा उपाध्याय, सुदिप रिजाल, आदेश दंगाल, निश्चल पौडेल, योगेन्द्र सापकोटा, नारायणी भेटवाल, डा. प्रह्लाद सापकोटा, कमला सापकोटा, आरजु दाहालले पनि म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

गीत सिर्जनाबारे कलाकार ढुंगाना यसो भन्छन्-

‘यस वर्षको चाडपर्व सबैले राम्रोसँग मनाइरहनुभएको होला भन्ने आशा गर्छु । अमेरिकामा, विशेषगरी नेपाली विद्यार्थीहरुका लागि जीवन कहिल्यै सजिलो हुँदैन । म पनि यस्तै परिस्थितिबाट गुज्रेको हुनाले हामी सबैका लागि यो अवस्था कस्तो हुन्छ भन्ने कुरा राम्ररी बुझ्दछु । यही भावनालाई मनमा राखेर मैले दसैँ गीत प्रस्तुत गरेको छु । घरबाट १२ हजार माइल टाढा हुँदा अनुभव गर्ने भावनासँग मेल खान्छ । यो गीतले तपाईंलाई हाम्रो नेपाली संस्कृतिसँग जोड्न सहयोग गर्ने आशा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *