विदेशमा ज्यान गुमाएकाको परिवारलाई १६ करोड

काठमाडौं । रोजगारीका लागि विदेशमा रहँदा मृत्यु भएकाहरुको परिवारलाई सहयोगस्वरुप १६ करोड रुपैयाँ दिइएको छ । वैदेशिक रोजगार बोर्डले तीन महिनाको अवधिमा १६ करोड रुपैयाँ सहयोग गरेको हो ।

बोर्डका अनुसार विदेशमा ज्यान गुमाउने नेपाली श्रमिकका परिवारलाई आर्थिक सहायताअन्तर्गत १६ करोड ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

९ महिलासहित २८० जना श्रमिकको परिवारले बोर्डबाट आर्थिक सहयोग पाएका छन् ।

विदेशमा कार्यरत रहँदा अंगभंग वा बिरामी भएका ३१ जना श्रमिकले औषधि उपचार खर्चबापत १३ करोड तीन लाख ३७ हजार रुपैयाँ पाएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि बोर्डले औषधोपचार खर्च दिंदै आएको छ ।

बोर्डका अनुसार विदेशमा गएर समस्यामा परेका ३९ जना श्रमिकहरुलाई उद्धारका लागि सम्बन्धित देशको नियोगसँग समन्वय गर्ने विषयमा ८ लाख १९ हजार रुपैयाँ सहयोग गरिएको छ ।

विभिन्न देशमा ज्यान गुमाएका ६३ जना श्रमिकहरुको शव नेपाल ल्याउन ४५ लाख ९८ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

बोर्डले विदेशबाट ल्याइएको शवलाई सम्बन्धित व्यक्तिको घरसम्म पुर्याइदिने गरेको छ । यो काममा तीन महिनाको अवधिमा ५३ लाख ६६ हजार ६५८ रुपैयाँ खर्च भएको जनाइएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिने बेला वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गरेका हुन्छन् ।

त्यही रकमबाट बोर्डले विभिन्न शीर्षकमा श्रमिक तथा उनीहरुका परिवारलाई आर्थिक सहायता दिने गरिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *