कोशी र गण्डकीका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं। कोशी र गण्डकी प्रदेशका केही ठाउँमा आज शुक्रबार भारी वर्षा हुने सम्भावना छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसैगरी पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि कायम छ। आज दिउँसो र राति कोशी प्रदेशका केही स्थानमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणता बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने महाशाखाको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *