पूर्व सर्दै पानी पार्ने प्रणाली, पश्चिममा भारी वर्षा

काठमाडौं। पश्चिम र मध्यपश्चिम क्षेत्रमा भइरहेको वर्षा बिस्तारै पूर्वतिर सर्दै आएको छ। हिजो सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको थियो।

पानी पार्ने प्रणाली पूर्वतिर सरिरहेको हुनाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। आज कोशी, गण्डकी र बागमतीका पहाडी भूभागमा वर्षा हुने महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो।

गुल्मीमा ५६.४ मिलिमिटर वर्षा भएको छ। यसैगरी स्याङ्जामा ५३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार काभ्रेमा पछिल्लो ६ घण्टामा ३९.६ मिलिमिटर वर्षा भएको छ। पनौतीको कतिपय ठाउँमा क्षति हुनेगरी बाढी आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *