आन्दोलनरत् शिक्षकहरूलाई मन्त्री पन्तले वार्तामा बोलाए

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरूलाई नवनियुक्त मन्त्री पन्तले वार्ताका लागि बोलाएका हुन्।

उनले विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

शिक्षकहरुसँग विगतमाझैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन पन्तले आह्वान गरेका छन्।

आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। यसअघि महासंघले पहिलेका सम्झाता कार्यान्वयन नगरेको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएको छ।

‘शिक्षकका माग ३ दिनभित्र पूरा गरी पठनपाठनको वातावरण बनाऊ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *