आन्दोलनरत् शिक्षकहरूद्वारा कार्यवाहक प्रधानमन्त्रीको वार्ता आग्रह अस्वीकार

काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन्। उनले बोलाए पनि शिक्षकहरु भने वार्तामा नजाने भएका छन्।

देशभरबाट काठमाडौंमा भेला भएर सडक आन्दोलन गरिरहेका शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्।

कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन ३ बजेका लागि आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा सहभागी विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारीले आफूहरु वार्तामा नजाने बताए। उनले प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान लिएका छन्।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग गर्दै देशभरका शिक्षकहरू आन्दोलित बनेका छन्। पछिल्लो पटक उनीहरुले चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन थालेका हुन्।

यसअघि शिक्षक महासंघले पनि अब वार्ता नहुने भन्दै विद्यालय शिक्षा विधेयक चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने अडान राखेको थियो। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले माग पूरा नभएसम्म आन्दोलन गर्ने जानकारी दिंदै वार्ताको कुनै औचित्य नभएको बताएका थिए।

शिक्षक आन्दोलन : यो वर्षको चैते दसैँ र रामनवमी सडकमै


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *