क्यानाडाको दुर्घटनामा मृत्यु भएका खोटाङका युवकको शव पठाइयो

टोरन्टो। जनवरी पहिलो साता क्यानाडाको क्युबेक प्रान्तमा पर्ने क्युबेक सिटीमा सडक दुर्घटनामा मृत्यु भएका खोटाङका युनेश गिरीको शव नेपाल पठाइएको छ।

एनआरएनए, क्यानाडाका अनुसार शव नेपाली समयअनुसार आज शनिवार बिहान १० बजे काठमाडौं पुग्ने छ।

साथीहरूको समूहमा घुम्न त्यहाँ गएका बेला विपरीत दिशाबाट आएको कारले उनीहरु चढेको कारलाई ठक्कर दिँदा गिरीको घटनास्थलमै मृत्यु भएको थियो।

शव नेपाल पठाउने लगायतका विषयमा समन्वय गरेका एनआरएनए, क्यानाडा क्युबेकका संयोजक रोविन कँडेलले शव बिहीबार नेपाल पठाइएको बताए।

‘परिवारको इच्छाअनुसार मृतकको शव नेपाल पठाइएको हो’, उनले भने, ‘यसका लागि करिब १५ हजार डलर खर्च भएको छ।’

शव नेपाल पठाउने प्रयोजनका लागि एनआरएनए, क्यानाडाले ‘गो फण्ड मी’ मार्फत् रकम संकलन गरेको थियो।

२० हजार डलरको लक्ष्य राखिएकामा उक्त रकम २४ घण्टामै संकलन भएको थियो।

कँडेलले जीवनमा नसोचेका अनेक घटना व्यहोर्नुपर्ने भएकाले सबैलाई बिमा गर्न आग्रह गरेका छन्। ‘विद्यार्थीहरूले बिमा गराउनु अझ अनिवार्य छ’, उनले भने।

(‘नेपाल टच’ बाट)

क्यानाडामा भएको दुर्घटनामा नेपाली विद्यार्थीको मृ*त्यु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *