प्रधानमन्त्री खोज्दै संसद्मा प्रतिपक्षीको नाराबाजी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी सुरु गरेका छन् । प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले आज बिहीबारको पहिलो बैठक स्थगित गरेका थिए ।
पहिलो बैठक स्थगित भएको केही समयपछि सुरु भएको दोस्रो बैठकमा पनि विपक्षी दलहरूको विरोध कायम रह्यो ।
सभामुखले विपक्षीको त्यही विरोध र अवरोधकै बीच संसद्को दोस्रो बैठक अगाडि बढाएका छन् । बैठक अगाडि बढेपछि अहिले विपक्षी सांसदहरूले संसद् भवनको रोस्ट्रम अगाडि उभिएर निरन्तर नाराबाजी गरिरहेका छन्।
प्रतिक्रिया
