कक्षा ११ र १२ को छात्रवृत्तिका लागि महानगरले माग्यो आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ।

महानगरको शिक्षा विभागले आज एक सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको हो।

छात्रवृत्ति पाउन इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन्।

आवेदन महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत दिन सकिने व्यवस्था गरिएको छ। वेबसाइटमा विषयहरूको अङ्कभार, विद्यालयअनुसार उपलब्ध छात्रवृत्ति कोटा र परीक्षा केन्द्रको विस्तृत विवरण समेत उपलब्ध छ।

छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

उक्त परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरपालिकाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *