एसईई नतिजा तयारी: यसरी हेर्न सकिन्छ

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

नतिजा सार्वजनिक भएलगत्तै परीक्षार्थीले विभिन्न माध्यमबाट आफ्नो विवरण प्राप्त गर्न सक्ने गरी बोर्डले सूची सार्वजनिक गरेको छ।

बोर्डले प्रकाशित गरेको सूचना अनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न आधिकारिक वेबसाइटहरूबाट हेर्न सकिनेछ। नतिजा प्राप्त गर्नका लागि बोर्डले सरकारी तथा निजी क्षेत्रका १४ वटा वेबसाइटहरूलाई अनुमति दिएको छ।

एसएमएस र आईभीआर सेवा

परीक्षार्थीले नेपाल टेलिकमको १६०० मा एसएमएस वा फोन गरेर नतिजा थाहा पाउन सक्नेछन्। त्यसैगरी जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

वेबसाइटबाट मार्कसिट हेर्ने तरिका

विस्तृत नतिजा र मार्कसिटका लागि परीक्षार्थीले बोर्डको आधिकारिक वेबसाइटहरू www.see.gov.nphttps://neb.gov.np/ मा लगइन गर्न सक्नेछन्। यस्तै नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेसन्सको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com र खल्ती एपमार्फत पनि नतिजा हेर्न सकिनेछ।

यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सका वेबसाइटहरूलाई पनि नतिजा प्रकाशनको अनुमति दिइएको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि आधिकारिक माध्यमबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकलाई आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *