रामकृष्ण ढकालद्वारा साइबर ब्यूरोमा उजुरी
काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले आफूमाथि सामाजिक सञ्जालमार्फत गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।
उनले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटी पुगेर विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गालीगलौज गर्नेहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै उजुरी दिएका हुन्।
साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिलिप कुमार गिरीले ढकालको उजुरी प्राप्त भएको पुष्टि गरेका छन्। प्रवक्ता गिरीका अनुसार उजुरीमा कुनै निश्चित व्यक्तिको नाम किटान नगरिए पनि गालीगलौजमा संलग्न रहेका सामाजिक सञ्जालका लिङ्कहरू प्रमाणका रूपमा पेश गरिएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा कलाकारहरूमाथि हुने अभद्र टिप्पणी र गालीगलौजका घटना बढ्दै गएपछि ढकालले कानुनी उपचारको बाटो रोजेका हुन्। प्रहरीले उक्त उजुरीका आधारमा थप अनुसन्धान अगाडि बढाउने जनाएको छ।
प्रतिक्रिया
