प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

विराटनगर। झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालले भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

दमक नगरपालिका-२ मा रहेको उक्त विद्यालयका तत्कालीन प्रअ ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले नमुना विद्यालय भवन निर्माणका क्रममा वास्तविक लागतभन्दा बढीको झुट्टा बिल भरपाई तयार गरी सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।

आयोगका अनुसार उनीहरूले विद्यालयको नगद रकम समेत व्यक्तिगत प्रयोजनमा प्रयोग गरी दुरुपयोग गरेका थिए। अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम ९ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी गर्दै

मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। यो मुद्दा अब विशेष अदालतको कानुनी प्रक्रियामा जाने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *