कांग्रेसको प्रमुख सचेतक- वासना, सचेतक- निस्कल

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निस्कल राईलाई बनाउने प्रस्ताव गरेको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले सो प्रस्ताव गरेका हुन्।

सभापति थापाको प्रस्तावलाई कार्यसम्पादन समितिले सर्वसम्मतिले पारित गरेको छ। यस निर्णयलाई अब बस्ने संसदीय दलको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

प्रमुख सचेतकमा प्रस्तावित थापा र सचेतकमा प्रस्तावित राई दुवै प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यसै बैठकले संसदीय दलको नेतामा समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई बनाउने प्रस्ताव गरिसकेको छ।

कांग्रेसले आफ्नो संसदीय पदाधिकारीहरूमा प्रत्यक्ष र समानुपातिक दुवै क्षेत्रका सांसदहरूलाई समेट्दै नयाँ टिम बनाउन लागेको हो। बैठकले गरेका

यी निर्णयहरूलाई संसदीय दलले केही बेरमा औपचारिक रूपमा अनुमोदन गर्ने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *