बढ्दै गर्मीः लु चल्ने सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा तातो लहर (लु) चल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशभर गर्मी बढ्ने क्रममा छ।

विशेषगरी दिपायल, धनगढी, नेपालगन्ज, घोराही, भैरहवा र जनकपुर लगायतका क्षेत्रमा तातो हावा चल्ने देखिएको छ।

यी स्थानहरूको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। बढ्दो गर्मी र तातो हावाबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

पहाडी भूभागमा भने आंशिक बदली रही एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। तराईमा दिउँसोको समयमा तातो हावा चल्ने भएकाले घरबाहिर निस्कँदा सावधानी अपनाउन र प्रशस्त पानी पिउन चिकित्सकहरूले सुझाव दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *