कांग्रेसद्वारा गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिनको माग

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। विवादस्पद व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि गृहमन्त्री विवादमा तानिएका छन्।

पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने भन्दै छानबिनलाई निष्पक्ष र प्रभावरहित बनाउन वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास गरिए त्यसले सुशासन र जनविश्वासमा गम्भीर आघात पुर्‍याउने चेतावनी दिँदै तत्काल उच्चस्तरीय छानबिन थाल्न माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *