राष्ट्रसेवामा समर्पित हुन सेनाका अधिकृतहरूलाई प्रधानमन्त्रीको निर्देशन

भक्तपुर। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ र अनुशासित भएर राष्ट्रसेवामा लाग्न निर्देशन दिएका छन्।

भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आज बिहीबार आयोजित अधिकृत क्याडेट तालिमको ‘दीक्षान्त कवाज’ समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

करिब ३६ महिनाको कठिन सैनिक प्रशिक्षण सफलतापूर्वक पूरा गरी आयुक्त पद प्राप्त गरेका क्याडेटहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले मातृभूमि र जनताप्रति सधैँ समर्पित रहन आग्रह गरे।

उनले सैनिक आचरण, अनुशासन र ‘चेन अफ कमान्ड’ को दायराभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा विशेष जोड दिए।

विभिन्न सामाजिक पृष्ठभूमिका जवानहरूलाई एकीकृत गरी सक्षम टोलीको सफल नेतृत्व गर्न नवआयुक्त अधिकृतहरू सक्षम हुने विश्वास समेत प्रधानमन्त्री शाहले व्यक्त गरे। कार्यक्रममा उच्चपदस्थ सैनिक अधिकारी तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *