प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठनको प्रस्ताव

काठमाडौं। प्रतिनिधिसभा नियमावली २०७९ लाई संशोधन गरी नयाँ बनाउनका लागि मस्यौदा समिति गठनको प्रस्ताव गरिएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले मस्यौदा समितिको सभापतिमा पराजुली र सदस्यहरूको नाम प्रस्ताव गरेका हुन्।

प्रस्तावित समिति सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने र सुलभ खरेल रहेका छन्। १४ सदस्यीय यो समितिले सभामुखको निर्देशनमा आफ्नो कार्यविधि बनाउनेछ।

समितिले आवश्यकता अनुसार विषयविज्ञ वा विशेषज्ञको सहयोग लिन सक्ने व्यवस्था गरिएको छ। समितिको कार्यावधि गठन भएको मितिले १४ दिनको हुनेछ।

संसद्को कामकारबाहीलाई थप व्यवस्थित र जनमुखी बनाउन नयाँ नियमावलीको आवश्यकता महसुस गरी यो प्रक्रिया अघि बढाइएको हो। समितिको प्रस्तावमाथि अहिले सदनमा छलफल जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *