कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ। कास्कीको मिजुरे डाँडालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ। बिहान ८:३४ बजे भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको उक्त भूकम्प रेकर्ड गरिएको छ। भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।

सानो म्याग्निच्युडको परकम्प भएकाले यसबाट कुनै भौतिक वा मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन। नेपालका हिमाली तथा पहाडी क्षेत्रमा यस्ता पराकम्पहरू गइरहने केन्द्रले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *