चुनावमा किन हार्यो एमाले ? यस्ता छन् २० कारण
काठमाडौँ । नेकपा (एमाले) ले फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतको मुख्य कारण नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो मनोविज्ञान भएको निष्कर्ष निकालेको छ।
बुधबार बसेको जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेलले समकालीन राजनीतिमा नयाँ पुस्ताको प्रभावले शक्ति सन्तुलन फेरिएको बताए। उनले पार्टी पराजयका २० वटा मुख्य कारणहरू औँल्याउँदै नयाँ पुस्ताले विचारधारा र इतिहासभन्दा पनि कामको नतिजा र पारदर्शितालाई प्राथमिकता दिएको उल्लेख गरे।
महासचिव पोखरेलको विश्लेषणअनुसार निर्वाचनमा एमालेसहितका पुराना दलहरूले भोगेको चुनौती केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हो।
नयाँ पुस्ता पार्टीप्रतिको बफादारिताभन्दा पनि डेलिभरी र उत्तरदायित्वको खोजीमा रहेको प्रतिवेदनमा जनाइएको छ। लामो समय शासन सत्तामा रहे पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा ठोस सुधार नदेखिँदा युवाहरू विकल्पतर्फ आकर्षित भएको एमालेको ठम्याइ छ।
बैठकमा प्रस्तुत प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङजस्ता नयाँ शक्तिहरूको उदयले परम्परागत राजनीतिक संरचनामा ठूलो चुनौती थपेको उल्लेख छ।
यसैगरी, अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई नयाँ पुस्ताले राजनीतिक स्वार्थ र अस्थिरताको रूपमा बुझ्नुले पनि नकारात्मक असर पारेको एमालेले स्वीकार गरेको छ। पार्टीको आन्तरिक एकता कमजोर देखिनु र स्थिरताको विश्वास दिलाउन नसक्नुलाई पनि हारको कारक मानिएको छ।
प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिटमा मात्रै चित्त बुझाउनुपरेको थियो। पार्टीले अब नयाँ पुस्ताको चाहना र आधुनिक राजनीतिको बदलिँदो परिवेशलाई ध्यानमा राखेर आफ्ना रणनीतिहरू परिमार्जन गर्नुपर्नेमा जोड दिएको छ।
विशेषगरी सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत युवा पुस्तामाझ पुग्ने नयाँ कार्ययोजना बनाउनुपर्ने महासचिव पोखरेलले बताए।
यस्ता छन् २० कारण-

