प्रधानमन्त्रीको सल्लाहकारमा बेन र असीम नियुक्त

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन (व्यञ्जनकार) र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन्।

चैत १३ मा सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

बेन प्रधानमन्त्री शाहका पुराना सहयोगी हुन्। काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदादेखि नै शाहलाई साथ दिँदै आएका उनले पछिल्लो आम निर्वाचनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।

राजनीतिक सल्लाहकार शाह राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद हुन्। उनी २०७९ को निर्वाचनमा रास्वपाबाट सांसद बनेका थिए। रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच सहकार्यको वातावरण तय गर्न शाहको भूमिका महत्त्वपूर्ण रहेको बताइन्छ।

यस्तै, प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा र सूचना प्रविधि (आईटी) सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन्। प्रधानमन्त्रीको सचिवालयले नयाँ टिमसँगै शासकीय सुधारका कार्यसूचीहरूलाई तीव्रता दिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *